टिपरको ठक्करबाट बराहक्षेत्रमा ५ बर्षीय बालकको मृ त्यु

टिपरको ठक्करबाट बराहक्षेत्रमा ५ बर्षीय बालकको मृ त्यु

सुनसरी / बराहक्षेत्रमा टिपरको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु भएको छ । बराहक्षेत्र-५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिपरको ठक्करबाट मृ त्यु भएको छ ।

हिजो बेलुका ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लादै गर्दा आज बिहान ०३ बजे उनको मृ त्यु भएको उक्त कार्यालयले जनाएको छ ।

ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सोही कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *