हेलिकोप्टर बोक्ने ट्रक !

सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर ट्रकको यात्रामा  । क्षतिग्रस्त हेलिकोप्टर बोकेर काठमाडौं जाँदै गरेको ट्रकको यो तस्बिर ओखलढुंगाको गोरुमारे भञ्ज्याङमा लिइएको हो  ।फाप्लुसम्म यसलाई अर्को हेलिकोप्टरले बोकेर ल्याएको थियो । गत वैशाख १ गते समिट एयरको विमानले पार्किङ गरिएको ठाउँमै यस हेलिकप्टरलाई ठक्कर दिएको थियो । घटनामा समिट एयरका कोपाइलटसहित तीन जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *