पाकिस्तानमा गुडिरहेको रेलमा आ*गलागी, कम्तीमा ६० को मृ*त्यु

पाकिस्तान — कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् ।
स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो। केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ। रेलका ३ डब्बा जलेका छन्। घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *